प्रकाशित मितिः
२१ माघ २०८१, सोमवार75---पटक पढिएको
ऐतिहासिक पदक विजेता पलेशालाई भव्य स्वगात
२० माघ, धरान । नो केवलकार समूहले गरेको बन्दले झापाको दमक दिनभर तनाव ग्रस्त बनेको छ । आज र भोलि आह्वान गरेको यातायात बन्दको क्रममा प्रहरी र बन्दकर्ता बिच झडप हुँदा दमक चौक तनावग्रस्त बनेको हो ।
झडपको क्रममा प्रहरीले हवाई फाइरिङ साथमा अश्रुग्यास समेत प्रयोग गरेको छ । आन्दोलनकारी द्वारा केही गाडी माथि तोडफोड ढुङ्गा प्रहार भएपछि केही आन्दोलनकारीलाई दमक प्रहरीले नियन्त्रणमा समेत लिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी गराएको छ । पक्राउ पर्नेमा सुक बहादुर लिम्बू,धन कुमार योङ्हाङ्ग,पदम बेघा,आदित्य लिम्बू,नाम्साहाङ्ग लिम्बू,सन्देश लिम्बु,प्रकाश लिम्बू र मिन कुमार लिम्बू रहेका छन ।
बन्द भोलिसम्म निरन्तर रहने बन्दलाई सफल पार्न सबैले सहयोग गर्न बन्दकर्ताहरूले आग्रह गरेका छन ।

सम्बन्धित खबर